सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको आज पनि बैठक बस्दै

आजभोलि

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज (बिहीबार) पनि बस्दैछ । आउँदो ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्ने कामलाई निष्कर्षमा पुर्‍याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

प्रतिनिधिसभाका १६५ तथा प्रदेशसभाका ३३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन । हिजो साँझ बसेको गठबन्धन बैठकमा पनि सबै दल आ आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन ।

नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !