‘फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गरिनेछ, मानहानिको मुद्दा चलाइनेछ’ ः मेयर साम्पाङ

आजभोलि

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् । फेसबुकमा धेरै स्टाटस लेखेर आलोचित साम्पाङले आलोचकलाई गाली गर्नेलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन् ।

उनले केहीबेर अघि स्टाटस लेख्दै भनेका छन्, ‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ ! अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

हरेक कुरा फेसबुकमा लेख्ने गरेका उनी पछिल्लो समय आलोचना खेपिरहेका छन् । सोमबारमात्रै सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी सङ्गठनले मेयर साम्पाङको राजीनामा मागेको थियो ।

केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए ।

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !