मधेसमा सत्तारुढ गठबन्धन दलका सबै मन्त्री बर्खास्त गर्ने मुख्यमन्त्री राउतको तयारी

आजभोलि

काठमाडौँ ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सत्तारुढ गठबन्धन दलमा आबद्ध सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन् । संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएसँगै बिहीबार मुख्यमन्त्री राउतले गठबन्धन दलसँग आबद्ध मधेस प्रदेशका सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने भएका हुन् ।

मधेस प्रदेशमा अहिले जसपा‚ नेपाली कांग्रेस‚ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार थियो ।

प्रदेशमा कांग्रेसकाको तर्फबाट ३ मन्त्रीहरू भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव‚ खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र मा‌ओ‌वादी केन्द्रको तर्फबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र गृह तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण रहेका छन् ।

यसैगरी एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेका उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री शत्रुघन महतो र प्रदेशसभा तथा कानुनमन्त्री प्रमोद यादवलाई बर्खास्त गर्ने तयारी रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिए ।

‘मुख्यमन्त्रीजीले फोन गरेर संघमा हाम्रा मन्त्रीहरू हटाइएकाले हामी पनि सत्ता गठबन्धनका मन्त्रीहरू हटाउन लागेका छौं भनेर उहाँले फोन गर्नुभएको थियो‚’ मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले भने ।

  • २८ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !