तपाईहरु मलाई एक दिन सहयेग गर्नुस्, म पाँच बर्ष काम गर्छु : पोख्रेल

आजभोलि

काठमाडौं । आगामी मंसिर ४ को आमनिर्वाचनका लागि काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले आफ्नो चुनावी तयारीलाई तीब्रता दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेकी पोख्रेलले मतदाता समक्ष आफ्नो उपस्थिति बढाएकी हुन् ।

यसरी भेटघाट र कुराकानी गर्दा आफू राजनीतिमा आउने कारण र विकासका योजनाहरु बताउने गरेकी छन् । उक्त योजनाहरु सञ्चारमाध्यम, सामाजिक सञ्जाल, फोन र भेटघाटमार्फत त जनता समक्ष प्रस्तुत गर्ने गरेको पोख्रेलको भनाइ छ । यसरी विभिन्न माध्यमबाट कुराकानी गर्दा जनताले खुशी व्यक्त गर्दै शुभकामना दिने गरेको पोख्रेल स्मरण गर्छिन् ।

‘तपाईंहरु मलाई एक दिन सहयोग गर्नुहोस्, म पाँच वर्ष तपाईंहरुको काम गर्छु’, पोख्रेलले प्रतिवद्धता प्रकट गरिन् । उनी थप्छिन्, ‘म राजनीतिमा सांसद बनेर कमाउन आएकी होइन, क्षेत्रको विकास र समृद्धिको लागि केही गरौं भन्ने भावनाले आएकी हुँ ।’ राजनीतिमा कमाउन र सुविधा लिन होइन, काम गरेर सेवा दिन आएको उनले स्पष्ट पारिन् ।

यसरी भेटघाट र सम्पर्कमा जाँदा जनतामा स्थानीय र नयाँ उम्मेदवारप्रति आकर्षण भएको पोख्रेलको अनभब छ । हरेक चुनावमा एउटै अनुहार दोहोरिरहने र जितिसकेपछि चुनावी क्षेत्रमा फर्केर नजाने पुराना नेताको प्रवृत्तिका कारण पनि नयाँ अनुहारप्रति जनआकर्षण बढेको हुनसक्ने पोख्रेलको बुझाइ छ ।

पोख्रेलले टुरिष्ट नेताका कारण काठमाडौं क्षेत्र २ सधैं ओझेलमा परेको विकास र परिवर्तनका लागि यसपटक आफ्नो मत परिवर्तन गर्न जनतालाई आग्रह गरेकी छन् ।

 

  • ४ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !