संघीय संसदको अधिवेशन पुसको तेस्रो साता

आजभोलि

काठमाडौं । संघीय संसदको पहिलो बैठक पुसको तेस्रो साता बोलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको गरेको छ ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पुस २९ अगावै संघीय संसदको बैठक बोलाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।

निर्वाचनको अन्तिम परिणााम आएको एक महिनाभित्रै संसद बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान छ । आगामी पुस २९ अगावै संसद बैठक बोलाउनुपर्ने हुन्छ ।

मन्त्रिपरिषदको पहिलो बैठकपछि सोमबार एक मन्त्रीले भने ‘मिति तोकिएको छैन, तर पुस २५, २६ गतेतिर बैठक बोलाउने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।’

पहिलो क्याबिनेट बैठकपछि सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संघीय संसदको अधिवेशन बोलाउने निर्णय लिएको जानकारी दिए ।

 

  • १२ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !