प्रधानमन्त्रीले पुस २५ गते विश्वासको मत लिने

आजभोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको पहिलो बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

आइतबार संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २५ गते सोमबार विश्वासको मत लिने तयारी गरेको स्रोतले जानकारी दियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनको समय राखेर २५ गते सोमबार दिउँसो १ बजे संसदको पहिलो बैठक आह्वान गरेकी छन् ।

संविधानको धारा ७७ अनुसार आम निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन ।

प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनसँगको सहकार्य तोडेपछि एमालेले उनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनले एकमहिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसका लागि प्रचण्डले नयाँ गठबन्धनबीच मन्त्रालय र अन्य शक्तिशाली निकायको भागबण्डा टुंगो लगाउने तयारी थालेका छन् ।

  • १३ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !