बागमती प्रदेश : नवनिर्वाचित सांसदको शपथ आज

आजभोलि

काठमाडौं । बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन् । दिउँसो २ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरिएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

आज प्रदेशसभाका १०९ सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउने छन् । यसअघि बुधबार प्रदेश सभाका ज्येष्ठ सदस्य ढुंगानालाई शपथ गराइएको थियो ।

प्रदेश सचिवालयका सचिव खड्काका अनुसार शपथ ग्रहणका लागि आइतबार नै सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन सूचित गरिसकेको छ ।

यस्तै बागमती प्रदेश सभाका सदस्यहरुले आफ्नो मातृभाषामा शपथ लिन सक्ने छन् । जसअनुसार प्रदेश सभाले आफूले शपथ खान चाहेको भाषामा शपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी सचिवालयमा बुझाउन यसअघिनै सूचित गरिसकेको थियो ।

  • १४ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !