खुुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम

आजभोलि

बैतडी । पुषे १५ पर्वको अवसरमा बैतडीमा आयोजना गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आनन्दसिंह थापा र कैलाश थापाको टिम प्रथम भएको छ । राजबहादुर बोहरा र प्रकाश विष्टको टिम दोस्रो भएको छ ।

दिनेश ठगुन्ना र चन्द्रसिंह डोबालको टिम तृतीय हुँदा अंकित जोशी र हरिश भण्डारीको टिमले सान्त्वना पुुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई नगद १० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो र सान्त्वना हुने टिमलाई नगद पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

खेलकूद विकास समितिका दशरथ चन्द नगर अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि दशरथ चन्द नगरपालिकाका मेयर पुुष्करराज जोशी (लख्खाभाइ) थिए । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सुुरेश पन्थी थिए ।

कार्यक्रममा सातजना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सरप ठगुन्ना, दौलत खत्री, जनकराज भट्ट, लक्ष्मीराज भट्ट, गोबर्धन राना, चन्द्रसिंह ठगुन्ना र राजबहादुर बोहोरा छन् । उनीहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । पुुषे १५ पर्व बैतडीसहित सुुदूरपश्चिममा ‘ठूली रात’ पर्वमा रुपमा समेत विशेष तवरले मनाइन्छ ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !