अयोग्य नोटबाट बनेकाे ब्रिकेट–स्रेडेड बिक्री गर्दै राष्ट्र बैंक

आजभोलि

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना, झुत्रा र अयाेग्य नोटबाट बनाएकाे ब्रिकेट–स्रेडेड बिक्रीका लागि शिलबन्दी दरभाउ प्रस्तावकाे आह्वान गरेको छ । चलनचल्तीका लागि अयाेग्य नोटबाट बनाइएका यस्ता ब्रिकेट खरिद गर्न इच्छुकहरूबाट शिलबन्दी निवेदनकाे आह्वान बैंकले गरेकाे हाे ।

बैंकले मुद्रा व्यवस्थापन विभागका तथा उत्पादन बाहिरका  विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयमा चलनचल्तीमा अयोग्य नोटहरू धुल्याउने क्रममा प्राप्त हुने ब्रिकेट–स्रेडेड टुक्राहरू बिक्री गर्ने जानाएको हो ।

कुल दुई लाख ७५ हजार केजी ब्रिकेट–स्रेडेड टुक्रा बिक्रीका लागि प्रस्ताव आह्वान गरेको राष्ट्र बैंकले जनाएको छ । साथै, खरिदकर्ताहरूबाट प्रस्तावी दरभाउ प्राप्त गरी प्रतिस्पर्धाको आधारमा बिक्री गर्ने निर्णय भएको छ ।

इच्छुक व्यक्ति तथा संस्थाले ४५ दिन दरभाउ प्रस्तावको ढाँचा प्राप्त गरी सो ढाँचामा ४६औँ दिनको दिउँसो १२ बजेभित्र शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ब्रिकेटको मूल्य प्रतिस्पर्धीबाट तय हुने बैंकले जनाएको छ ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !