दाङस्थित नयाँ राजधानी भनवमा यस्तो थियो लुम्बिनीका सांसदको शपथ

आजभोलि

दाङ। लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयास्थित नव निर्मित सभा हलमा उनीहरुले सपथ लिएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।  दिउँसो २ बजेर १२ मिनेट जाँदै गर्दा शपथका लागि शेरचरणलाई बोलाइएको भए पनि शपथ खुवाउने बेहोरा टेवुलमा आइनपुगेपछि केहीबेर सन्नाटा छाएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले  बेहोरो छुटेको भन्दै सबै सांसदलाई बस्न आग्रह गरेका थिए ।

शपथको बेहोरा केहीबेरमा आएपछि फेरि शपथका लागि प्रदेश प्रमुख शेरचनलाई बोलाइएको थियो ।  त्यसपछि फेरि सबै सांसदहरू उभिएर शपथ खाएका थिए । सांसदहरुले शपथ खाँदा पूर्वमुख्यमन्त्री शंकर पोखरेल, सभामुख र मुख्य मन्त्री भने बसिरहे । उनीहरु बसेको सिटबाट उभिएनन् ।

शपथ ग्रहणका क्रममा बिभिन्न जातजातिका भेषभुषा झल्कने पोशाकहरु सांसदहरुले लगाएका थिए ।  रोल्पा र रुकुमका मुगर समुदायका महिला पुरुषहरुले आफ्नै भेषभुषा लगाइएर सपथ खान खाएका थिए । त्यस्तै दाङ, बाँके र बर्दियाका थारु समुदायका महिला पुरुषहरुले पनि आफ्नै मौलिक भेषभुसा लगाएर सपथ ग्रहण गरेका थिए । रुपन्देही क्षेत्र लगाएतका अन्य बाँकेका मधेसी समुदायका सांसदहरुले पनि आफ्नै पहिरणमा शपथ लिन आएका थिए ।

शपथपछि सांसदहरूलाई सचिवालयका सचिव पुनले त्यसमा हस्ताक्षर गर्न लगाएका थिए । हस्ताक्षरपछि उनीहरु फेरि अगाडि प्रदेश प्रमुख लगाएत मुख्य मन्त्री बसेको ठाउँमा झोला लिनका लागि निम्त्याइएको थियो । बधाइ ज्ञापन गर्दै त्यसपछि झोला दिने काम प्रदेश प्रमुख र मुख्य मन्त्री कुलप्रसाद केसीले गरेका थिए ।

त्यसपछि पहिलो संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने घोषणा सचिवालयका सचिव पुनले गरे । उनी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन् ।  अब प्रदेश सभामुख र उपसभामुखको चयन नहुँदासम्म अध्यक्षता भुसालले नै गर्ने गरेका छन् । अबको हप्ता दिन भित्रमा प्रदेश सभामुख र उपसभामुखको चयन गरि सक्ने अपेक्षा गरिएको छ ।

शपथपछि सञ्चारकर्मीसंँग कुरा गर्दै  पूर्वमुख्यमन्त्री पोखरेलले अनेत्र सबै स्थानमा केन्द्रले तोकेकै स्थानमा प्रदेश राजधानी तोकिए पनि लुम्बिनीमा भने नयाँ ‘भर्जिन ल्याण्डमा’ राजधानी तोकिएको हुँदा त्यो नमुना योग्य रहेको बताए ।

देशकै नमुना योग्न राजधानी बनाउन सबैले पहल गर्नुपर्ने उनले बताए । शपथपछि बाहिर विभिन्न सांसदहरूको फोटो सेसन चलेको थियो । उनीहरुले आफ्नो ठाउँका जनताको चाहनाअनुरुप बिकास निर्माणदेखि शिक्षा, स्वास्थ्यको क्षेत्रको सुधारमा काम गर्ने प्रतिक्रिया दिए । त्यस्तै सांस्कृति पहिचान जोगाउन भूमिका खेल्ने उनीहरुले अठोट व्यक्त गरेका थिए ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !