फेरि भारतबाट बढेर आयो इन्धनको मूल्य, कुनमा कतिले बढ्यो ?

आजभोलि

काठमाडौं   । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ ।

पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर प्राप्त भएको निगमले जनाएको छ । मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको छ ।

निगमका अनुसार एलपी ग्याँसमा ३५९.५० प्रति सिलिन्डर घाटा रहेको छ भने १५ दिनको घाटा ४६.४४ करोड रहेको छ । पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा निगमलाई अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने देखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आईओसीलाई ८ जनवरी २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं सरकारलाई तिर्नुपर्ने ऋण गरी अझै करिब १८ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलिमय पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र आईओसीको बक्यौता एवं नेपाल सरकारको ऋणको व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण रहेकोले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत रहेन निगमले जनाएको छ ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !