एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बस्दै

आजभोलि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ ।

एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

“आज स्थायी कमिटी बैठक सकिएको छ । तर उल्लेख्य केही निर्णय भएन । भोलिको बैठकपछि मात्रै केही विषयहरू बाहिर आउलान्”, खतिवडाले भन्नुभयो । अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे पोलिटब्युरो बैठकमा छलफल गरिने उनँले बताए ।

“वाम दलहरूलाई एकैठाउँमा उभ्याउनका निम्ति हामीले अग्रसरता लिने भन्ने छ । अहिले नै कुनै पार्टीसँग एकतामा जाने कुरा छलफलमा आइसकेको छैन । सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि भोलि बस्ने पोलिटब्युरो बैठकले नै टुङ्गो लगाउनेछ”, प्रवक्ता खतिवडाले भने ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !