नयाँ सरकारको टुंगो छैन, बागमती प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन मिति तय

आजभोलि

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति तय गरेको छ । प्रदेश सभाको पहिले अधिवेशन सोमबार दिँउसो १ बजे बोलाइएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूची तय गर्न बसेको सर्वदलीय बैठकले प्रदेश सभाको कार्यसूची र सभामुख र उपसभामुखको निर्वाचनको मितिसमेत तय गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। सभामुख र उपसभामुखको निर्वाचनका लागि २७ पुसमा मनोनयन दर्ता गर्न मिति निर्धारण गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ।

आज बस्ने प्रदेश सभाको बैठकमा दलीय रूपमा दलका नेताहरूले शुभकामना मन्तव्य राख्नेछन् भने निर्वाचितबाहेकका मन्त्रीहरूलाई पनि सदनमा आसनको व्यवस्था गर्न दलहरू सहमत भएका छन्। निर्वाचनबाट नयाँ संसद् आइसक्दा पनि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छैनन् ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !