मुसिकोट नगरपालिकामा पुन: मतगणना गर्नुनपर्ने उच्च अदालतको फैसला

आजभोलि

सुर्खेत ।  उच्च अदालत सुर्खेतले मुसिकोट नगरपालिकामा पुन:  मतगणना गर्नु नपर्ने फैसला गरेको छ। मुसिकोट नगरपालिकाका मेयरका प्रत्याशी माओवादी केन्द्रका वसन्त कुमार शर्मासहित दुईवटा वडा अध्यक्षका प्रत्याशीले पुन: मतगणनाको माग सहित दायर गरेकाे मुद्दामा यस्तो फैसला गरेको हो ।

पुस १३ गते मुख्य न्यायाधीश माधवप्रसाद पोख्रेल र न्यायाधीश लेखनाथ ढकालको संयुक्त इजलासले शर्मा लगायत वडा नं १ का वडा अध्यक्षका प्रत्याशी डम्बर थापा र वडा नं १४ का वडा अध्यक्षका प्रत्याशी चन्द्रबहादुर विष्टले पुन: मतगणनाको मागसहित दायर गरेकाे मुद्दामा दाबी नपुगेको भन्दै पुनः मतगणना नगर्नुपर्ने फैसला सुनाएको हो ।

तीनै जना प्रत्याशीहरूले गत जेठ १२ गते पुन: मतगणनाको माग गर्दै उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकामा १३ मतान्तरले नेपाली कांग्रेसका महेन्द्र केसी विजयी भएका थिए ।  केसीले ६९१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शर्माले ६९०१ मत प्राप्त गरेका छन् ।

वडा नं १ मा कांग्रेसका ज्ञानुचन्द्र चन्द र वडा नं १४ मा कांग्रेसकै गोवर्धन वली विजयी भएका थिए ।

 

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !