विकास निर्माणका काममा भएको ढिलासुस्ती हटाउन सांसद माझीको सक्रियता

आजभोलि

लमजुङ । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले विकास निर्माणका काममा देखिएको ढिलासुस्ती हटाउन र समयमा काम सम्पन्न गरी जनतालाई प्रभावकारी सेवा दिन सक्रिय पहल गरेकी छन् ।

निर्वाचनमा विजय भएपछि जिल्ला आएकी माओवादी केन्द्रकी सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पूर्वाधार प्रमुखलगायतसँग छलफल गर्दै विकासका कामहरू ताेकिएकाे समयमा नसक्दा जनताले असुविधा भाेग्न बाध्य हुनुका साथै जिल्लाकाे परिचय पनि बिग्रने बताइन् ।

साे अवसरमा उनले लमजुङको भाेटेओडार बेलघारी खण्डको सडककाे समस्या हल गर्न तथा सडक सुधार र स्तराेन्नति तत्काल गर्न पनि आग्रह गरेकी थिइन् । साे सडक खण्डको निर्माण समयमा नहुँदा दाेर्दी गाउँपालिका र दूधपाेखरी गाउँपालिका जाने यातायात नराम्ररी प्रभावित हुने गरेकाे छ ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले यसलाई गम्भीरतापूर्वक लिएको र तत्काल काम अगाडि बढाउने बताए ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !