नेपाली बहादुर छन् भनेर उनीहरूकाे बौद्धिकता छायाँमा पार्न खोजिएको ओलीकाे आराेप

आजभोलि

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोका बालबालिका देख्दा, युवाले पढ्न नपाएको देख्दा, दुर्गमको समस्या देख्दा मन कटक्क खाने गरेको बताएका छन् । यस्ता समस्या तत्काल पुरा गर्न नसके पनि सदैव यसका लागि तत्पर रहेको उनले जिकिर गरे ।

बानेश्वस्थित ग्लोबल कलेज म्यानेजमेन्टमा एक्प्लोर आइडिया क्लबले आयोजना गरेको कार्यक्रममा उनले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन गर्न नसकेको भन्दै विद्यमान समस्या समाधान गर्न दीर्घकालिन योजना ल्याउने कोसिस गरिरहेको बताए ।

‘विद्यार्थीसँग पूर्वप्रधानमन्त्री : प्रेरणा र जीवन दर्शन’ शीर्षकको अन्तर्क्रियामा उनले हाम्रो पुस्तालाई नेपाली बहादुर छन् भन्ने कुरा गरेर बौद्धिकता नै छायाँमा पार्न खोजिएको आरोप लगाए ।

‘हाम्रा अग्रजहरू बलिया थिए । साहसी थिए । यति मात्र होइन वौद्धिक पनि थिए । यसतर्फ भने कतै चर्चा भएको छैन’, उनले भने, ‘अब यसतर्फ चर्चा गर्न जरुरी छ। हाम्रो दर्शन, मान्यता नै हाम्रा पुस्ताले आर्जन गरेका हुन् । यो विद्वताको उदाहरण हुन् ।’

अबका युवाले उर्जाशील भएर आफूले पढेको ज्ञानका माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने ओलीले स्झाब दिए । विद्यार्थीले नै आयोजना गरेको उक्त कार्यक्रममा ओलीलाई विद्यार्थीले विभिन्न प्रश्न गरेका थिए। ओलीले विद्यार्थीहरूसँग करिब तीन घण्टा अन्तरक्रिया गरेका थिए।

उक्त कार्यक्रममा ओलीले नवनिर्मित फुटसलको पनि उद्घाटन गरेका थिए । केहीबेर विद्यार्थीहरूसँग फुटसल खेलेर माहोल तताएका थिए ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !