लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित

आजभोलि

काठमाडौं । प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित गरेको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो ।

नियमावली पारित भएसँगै अब यही नियमावलीका आधारमा प्रदेशसभाले आफ्ना गतिविधि अघि बढाउनेछ । यसअघि प्रदेश नं ५ नियमावली, २०७४ थियो । तर त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको हो ।

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ । पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेको हो । अब सभामुख र उपसभामुख चयनका लागि प्रदेशसभामा बाटो खुलेको छ ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानूनी व्यवस्था छ । सोहीअन्तर्गत राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

संविधानको धारा, १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।

 निजामती ऐन पारित नहुँदा समस्या : प्रदेश प्रमुख 

लुम्बिनी प्रदेशको दोस्रोसभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले निजामती सेवा ऐन पारित नहुँदा कार्य सम्पादनमा जटिलता देखिएको बताए ।

उनले सङ्घीय निजामती सेवा ऐन नआउँदा प्रदेश निजामती सेवा ऐन पारित गरि कार्यान्वयन गर्न जटिलता थपिँदा जनशक्ति व्यवस्थापनको समस्या बढेको बताए ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !