‘पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन सांसद शङ्कर भण्डारीकाे आग्रह’

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले कांग्रेस विगतमा पनि प्रतिपक्षमा रहेको भन्दै पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन कार्यकर्ता र मतदातालाई आग्रह गरेका छन्

। शुक्लागण्डकी नगरपालिकाको विभिन्न स्थानमा आज आयोजित कार्यक्रममा उनले कांग्रेस प्रतिपक्षमा हुँदै गर्दा पनि काम गरेर देखाउने क्षमता आफूमा रहेको बताए । उनले सुकुम्वासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता भएको र यो समस्या समाधानका लागि आफूले निर्वाचित भए लगत्तै सम्बन्धित निकाय झकझकाउने काम गरेको छु भने ।

विगतमा क्षेत्र नं।२ बाट निर्वाचित जनप्रतिनिधिले अव्यवस्थित र सुकुम्सवासी समस्या समाधान गर्नतर्फ खासै ध्यान नदिएको उनको आरोप थियो । “पाँच वर्षभित्र यस क्षेत्रको अव्यवस्थित र सुकुम्वासी समस्या समाधान गरेरै छाड्नेछु”, उनले भने ।

कार्यक्रममा क्षेत्रीय सभापति चुडामणि खनाल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, क्षेत्रीय सचिव सन्तोष घिमिरे, महिला सङ्घका उपसभापति चन्द्रकला भट्टराई र वडा सभापति ईश्वर शर्मा लगायतले पार्टी प्रतिपक्षमा रहेर पनि जनताको काम गर्नुपर्नेमा जोड दिएका छन् ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !