उपरथी शाहीलाई ब्यारेकमै बस्न निर्देशन

आजभोलि

काठमाडौँ । सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ ।

उनीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमिता भएको भन्ने उजुरीका आधारमा जङ्गी अड्डाले छानबिन गरिरहेको छ ।

प्रवक्ता भण्डारीले भने, “विगतदेखि नै आर्थिक अनियमितासँग जोडिएर प्रश्न उठेपछि निष्कर्षमा पु¥याउन पर्ने भएकाले उनलाई केही समय ब्यारेकमै बस्न निर्देशन भएको हो ।” उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारेको छ ।

भोलि पुस २० गतेदेखि अवकाशमा जान लागेका उपरथी शाहीले आफ्नो अवकास हुने उमेर फरक परेको भनी अदालतमा निवेदन दिएको माग अनुरुप अदालतबाट अन्तरिम आदेश भएको थियो ।

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !