काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको छ ।
नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे अझै पनि कुनै निर्णय गरेको छैन । उनीहरूले सरकारबाट औपचारिक प्रस्ताव नआएको बताउँदै आइरहेका छन् ।
प्रचण्डको अनुहार हेरेर समर्थन गर्न मिल्ने भए गरिसक्ने नेपालले प्रतिक्रिया दिएका थिए । उनले सरकारको काम हेरेर प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत दिनसम्म निर्णय लिने बताएका थिए ।
तर, प्रचण्डले माधव नेपाललाई पनि आफू नेतृत्वको सरकारमा समेट्ने प्रयास गरिरहेका छन् ।