सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ : प्रधानमन्त्री

आजभोलि

काठमाडौँ । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले सो धारणा राख्दै यस कार्यमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने स्पष्ट पारेका थिए ।

सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको विद्यार्थी टोली प्रधानमन्त्री दाहाललाई बधाई दिन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । त्यस अवसरमा विद्यार्थीहरुले उनलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका थिए ।

सो सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको कुलपति हुन् ।

अनेरास्ववियुका अध्यक्ष पराजुलीका अनुसार सो अवसरमा वाम एकतालगायत समसामयिक राजनीतिक विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भएको थियो ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !