अनुसन्धानमा आधारित शिक्षा आवश्यक : उपकुलपति अर्याल

आजभोलि

गण्डकी । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड दिएका छन् ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायको आयोजना एवम् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा सञ्चालित तीनदिने स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिमको उद्घाटन गर्दै उनले अनुसन्धानले नयाँ सोच, ज्ञान र परिवर्तनको विकास गर्ने उल्लेख गरे । लेखेर, घोकेर, अनुकरण गरेर हासिल हुने शिक्षाले समाज परिवर्तन गर्न नसक्ने उल्लेख गर्दै उहाँले प्राज्ञिक उन्नयन र व्यक्तित्व विकासका लागि विश्वविद्यालय शिक्षा रचनात्मक र अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारीले शिक्षक राष्ट्रको प्रबुद्ध वर्गमा पर्ने उल्लेख गर्दै पढ्ने पढाउने मात्र नभई उसले सभ्य र अनुशासित जनशक्ति उत्पादनतर्फ ध्यान दिनुपर्ने बताए । अनुसन्धानमा विश्वसनीयता र नवीनता हुनुपर्ने उल्लेख गर्दै उनले अनुसन्धान प्रस्ताव डिग्री हासिल गर्नेतर्फ मात्र नभई पाठ्यक्रम निर्माण र जनस्वास्थ्य परियोजना भित्र्याउनेतर्फ पनि केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन सह प्रा डा अजय थापा, स्वास्थ्य विज्ञान सङ्कायका डिन सह प्रा डा अमर नागिला, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवाली, स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका स्कुल निर्देशक उपप्रा बिमला भट्ट लगायतले अनुसन्धानको महत्व लगायतमा बोलेका थिए ।

विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार स्वास्थ्य प्रणाली अनुसन्धान प्रस्ताव विकासमा स्वास्थ्यकर्मीको ज्ञान तथा सीप वृद्धि गरी उनीहरूलाई स्वास्थ्य अनुसन्धान प्रक्रियाका बारेमा परिचित गराउने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको हो ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !