सर्वदलीय बैठक : संसदकाे पहिलो दिन शीर्ष नेताले सम्बाेधन गर्ने, भोलिपल्ट प्रधानमन्त्रीले विश्वासको मत लिने

आजभोलि

काठमाडौं। सर्वदलीय बैठकले संघीय संसदको अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका तय गरेको छ ।

२५ पुसबाट सुरु हुने अधिवेशनको कार्यतालिका तय गर्न शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहअनुसार २६ पुसमा विश्वासको मत लिने व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेका थिए ।

सोहीअनुसार सर्वदलीय बैठकले २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बैठकको कार्यसूचीमा राख्ने निर्णय गरेको हो ।

१० पुसमा प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा शुक्रबार सर्वदलीय बैठक बसेको हो ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !