भक्तपुरकै ब्राण्ड बन्दै नेपाल इको प्यानल

आजभोलि

भक्तपुर  । भक्तपुरबाट बाहिर जाने सामान मध्ये इको प्यानल रहेको छ । सन् २०१४ मा इन्जिनियर कृष्णभक्त दुवालले सुरु गरेको इको प्यानल आज देशैभरि पुगेको छ ।

स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँ निर्माण सामाग्री नै इको प्यानल हो । हलुका, भूकम्पप्रतिरोधीलगायतका कारण पछिल्ला वर्षमा यसको लोकप्रियता निरन्तर बढ्दो छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल वातावरणमैत्री अनि ऊर्जा किफायती भएको कारण पनि जनताले इको प्यानललाई मन पराएको सुनाउँछन् ।

‘नेपालमा मात्रै होइन, अहिले संसारभर नै वातावरण प्रदूषण ठूलो समस्यको रूपमा आइरहेको छ,’ उनले भने, ‘त्यही कारण मानिसले वातावण विनाश नपुर्‍याउने निर्माण सामाग्री मन पराइरहेका छन् । इको प्यानल ऊर्जा किफायती पनि छ । यसको उत्पादनमा ऊर्जाको बचत हुन्छ । अन्य अनेक विशेषताका साथै वातावरणमैत्री र ऊर्जा किफायती भएकै कारण पनि धेरै जनताले यसलाई रुचाइएको उनको दाबी हो ।’

नेपाल इको प्यानलको कर्पोरेट अफिस भक्तपुरको सल्लाघारीमा रहेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीस्थित डा. इवामुरा अस्पताल सल्लाघारीको अपोजिट दिशामा यसको कर्पोरेट कार्यालय रहेको छ । यसको कारखाना पनि जिल्लाकै चाँगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !