काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारी बजार मूल्य निर्धारण गरेको छ । समितिले आज आइतबारको लागि कृषि उपजहरुको मूल्य तोकेको हो ।
आजको लागि तोकिएको बजार मूल्य अनुसार अंगुर कालो प्रतिकिलो न्यूनतम ३०० देखि अधिकतम ३२० सम्म रहेको छ भने अंगुर हरियो प्रतिकिलो न्यूनतम २०० देखि अधिकतम २२० रुपैयाँसम्म रहेको छ । त्यस्तै अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, अनार प्रतिकिलो न्यूनतम ३०० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ ।