एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह

आजभोलि

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटीएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।

एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ ।

बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ ।  एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !