आविस्कार केन्द्रको सहयोगका लागि राजेश पायल राईको जापानमा सांस्कृतिक कार्यक्रम

आजभोलि

काठमाडौं। राष्ट्रिय आविस्कार केन्द्र नेपालको सहयोगार्थ जापानमा हुने कार्यक्रममा गायक राजेश पायल राईले आफ्नो प्रस्तुति दिने भएका छन् ।

हाल उनी जापानमा छन् । राष्ट्रिय आविस्कार केन्द्र नेपालको सहयोगार्थ नेपाल आदिवासी जनजाति महासंघ जापानले आयोजना गरेको नेफिन जापान सांस्कृतिक साँझ २०२३ को लागि गायक राईसहितले आ–आफ्नो प्रस्तुति दिइसकेका र केही कार्यक्रममा दिने कार्यक्रम छ ।

गायक राईसहितको टोलीले जापानको फुकुओकामा जनवरी ७ तारिक, नागोयामा जनवरी ८ तारिक, चिबामा जनवरी १४ तारिक, टोकियोमा जनवरी १५ तारिक र ओकिनावामा जनवरी १८ तारिकमा हुने कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ ।

नेपाल आदिवासी जनजाति महासंघ जापानको अध्यक्ष सन्जिव राई, एनआरएन जापानका वरिष्ठ उपाध्यक्ष नविन निउककरे, नेफिन जापानका महासचिव शिशिर लिम्बू, नेफिन जापानको सल्लाहकार हवल चन्द्र लामा, थकाली सेवा समितिको अध्यक्ष बुद्धि गौचन, तमु धी जापानका अध्यक्ष रमेश गुरुङ, किरात याक्थुङ चुम्लुङ जापानको अध्यक्ष सुदिप पालुङवा लिम्बू, शेपा संघ जापानका महासचिव पासाङ शेर्पा, नेपाल मगर संघ, जापानको सहकोषाध्यक्ष सविनबाबु मगरलगायत विभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरू, सामाजिक अभियान्ताहरू नारिता अन्तराष्ट्रिय विमान स्थलमा गायक राईसहित द भ्वाइस सिजन ४ को फस्टरनर गायिका सविना योङहाङ लिम्बू र द भ्वाइस किड्स टप फाइनलिस्ट गायिका समृद्धि परियारलाई स्वागत गर्न पुगेका थिए ।

सांगीतिक कार्यक्रमबाट हुने मुनाफा रकम महावीर पुनले नेपालमा स्थापना गरेको  राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग गरिने आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जापान अध्यक्ष सन्जिव राईले जानकारी दिए ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !