सेयर बजारमा २०.५५ अंककाे वृद्धि, पाँच अर्बभन्दा बढीको कारोबार

आजभोलि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेकोे हो ।

बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो । पाँच अर्बभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो । साथै, बिहीबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भइरहेको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा शिभव् सिमेन्टका र तेश्रोमा रिडी पावर कम्पनीको बढीको सेयर बिक्री भएको छ ।

यता, खप्तड लघुवित्त र बाराही हाइड्रोपावर १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  न्यादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आइएमइ समुन्नत योजना कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

कुल १३३ कम्पनीकाे सेयरमा वृद्धि भएकाे छ भने ७१ कम्पनीमा ओरालो लागेको छ । नाै कम्पनी भने स्थिर रहेको छ ।

आज १३ उपसुचकहरू तीन कम्पनीबाहेक सबै उपसुचकमा हरियाली छाएको छ

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !