नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स फाइनलमा

आजभोलि

काठमाडौं । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको हो ।

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै जोड्दा पराजय व्यहोर्‍यो ।

लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८, अनिल शाह २४, विपुल शर्मा २०, सेड्ली भान स्केल्कवेकले १७, लाहिरु मिलान्थाले १६, दिपेन्द्रसिंह ऐरी १० रन जोडे ।

जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले दुई/दुई विकेट लिँदा  ग्रिफित र पवन शर्राफले समान एक विकेट लिए ।

जनकपुरका लागि सामिउल्लाह सिनवारीले सर्वाधिक ४५, ओपनर शरार्फुदिन असरफ २४, राजेश पुलामी १३, कप्तान ट्रेभोन ग्रिफितले १० रन जोड्दा  पवन शर्राफ ३० रनमा अविजित रहे । लुम्बिनीका कप्तान दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान दुई दुई विकेट लिए  भने शेड्ली भान स्केल्कवेले एक विकेट लिएका थिए ।

 

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !