निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ : प्रमुख आयुक्त थपलिया

आजभोलि

दोलखा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताएका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको आज बागमती प्रदेशको दोलखामा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उनले समीक्षाका आधारमा आगामी दिनमा निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने बताए ।

निर्वाचन निष्ठा, सिद्धान्त र विचारका आधारमा जितिने भएकाले कुनै पनि पक्षबाट हुने कानुनविपरीतका हर्कतलाई कसैले पनि समर्थन गर्न नसक्ने उनले स्पष्ट पारे ।

“मतदाता नामावलीलाई शुद्ध बनाउन गाउँपालिकासम्म परामर्श गरी सुझाव लिइएको थियो । मृत्यु भएका र बसाइँ सरेकाहरूको नामावली अद्यावधिक गराइदिन आग्रह गरिएको थियो । हाम्रो विश्वास मतदाता नामावली शुद्ध छ भन्ने हो”, प्रमुख आयुक्त थपलियाले भने, “तर गलत नामावली छ भने त्यसप्रति यहाँहरू नै जिम्मेवार हुनुहुन्छ । मरेका मान्छेलाई मतदान गराएर दोलखाले बदनामी कमाएको म विश्वास गर्दिनँ । छ भने कसरी हुन गयो यहाँ राखिदिनुहोला ।”

कार्यक्रममा आयोगका उपसचिव कमल ज्ञवालीले यसपटकको निर्वाचनमा भएका आँकडा, असल अभ्यास, समस्या र चुनौतीसहितको प्रस्तुतिकरण गरेका थिए ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !