कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने

आजभोलि

सुर्खेत । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकाे छ । निर्णयसँगै कर्णालीकाे मुख्यमन्त्री राजकुमार शर्मा बन्ने निश्चित भएको छ । रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नेछन् ।

पुस १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । १३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।

उत्ता मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने भएको छ । तर, एमालेबाट सभामुखमा कसलाई पठाउछ भन्ने टुंगाे अझैँ हुन सकेको छैन । एमालेको १० सिट कर्णाली प्रदेशसभामा रहेको छ । सरकार बनाउनका लागि २१ सिट भए पुग्छ । माओवादी र कांग्रेस मिलाएर २३ सिट  छ । प्रदेश प्रमुख तिलक परियारले २७ गते बेलुकी ५ बजे सम्मा मुख्यमन्त्रीको दावी प्रस्तुत गर्न समय दिएका छन् ।

सभामुख र उपसभामुख चयनको मिति तोकिने कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक सोमबार (आज) दिउँसो १ बजे बस्दै छ । जेष्ठ सदस्य विनानेद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो । बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक १ बजे बस्दै छ ।  प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले भने, ‘सभामुख र उपसभामुख चयनको मिति तोक्ने बाहेक अन्य खासै एजेण्डा केही छैनन् ।’

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !