जनताका अपेक्षा निराशामा नबदलिउन् : देउवा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पाँच वर्षको कार्यकालमा देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज सुरु भएको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको भावना अनुरुप काम गर्न अनुरोध पनि गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाइ दिँदै उनले उनले भने, ‘नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्ड जीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना । नव नियुक्त मन्त्रीहरुलाई पनि बधाई ।’

उनले १८ महिनाअघि आफू प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्न, स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गर्न प्रधामन्त्री बनेको पनि सम्झिए । साथै, देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु तत्कालिन सरकारको प्राथमिक जिम्मेवारी रहेको बताए । यस कार्यमा चुनौति र कठिनाइहरूबीच पनि सफल भएको बताए ।

उनले आवाधिक निर्वाचनबाट चयन भएर आएका संसादहरूलारुलाइ विषेश आग्रह पनि गरे । उनले भने, ‘यो प्रतिनिधि सभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्। हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो ।

यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो । संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेकाे उनले बताए ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !