गगन थापाले भने : फेरि प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण देखेँ

आजभोलि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा महामन्त्री थापाले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विग्रहको संकेत देखेको बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन सही रहेको र संसद विघटन हुँदा प्रतिगामीको आरोप लगाउने नै प्रतिगामी रहेका बताइरहँदा देखिएको प्रचण्डको हाउभाउले उनीहरुबीच विग्रहको संकेत देखेको बताए ।

प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष ओलीको संसद विघटन सही रहेको र प्रतिगामी भन्नेहरु नै प्रतिगामी रहेका अभिव्यक्ति दिइरहँदा प्रधानमन्त्री प्रचण्ड टेबल ठोकौँ कि नठोकौँ भनेर अलमल्लिएको विषयलाई आफूले सामान्य रुपमा नलिएको महामन्त्री थापाको भनाइ छ ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !