विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्दै कांग्रेस

आजभोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन परिसरमा जारी बैठकमा पार्टीका पदाधिकारीसहित कार्यसम्पादन समितिका सदस्य उपस्थित छन् । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्नेछ । त्यसपछि कांग्रेस संसदीय दलको बैठक बस्नेछ ।

यसअघि आज बिहान सभापति देउवा निवास धुम्वाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा पनि विश्वासको मतका सम्बन्धमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालले सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वास मत मागेका थिए । जवाफमा सभापति देउवाले पार्टीको संसदीय दलको बैठकमा उक्त विषय छलफल गरी निर्णय गर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने कार्यसूची छ ।

  • २६ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !