प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

आजभोलि

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका नेता केशव झाले जानकारी दिए । सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुुने या नहुने विषयमा कुनै निर्णय नभएको उनले बताए ।

‘संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ,’ उनले भने, ‘तर, सरकारमा सहभागी हुन नहुने विषयमा कुनै पनि निर्णय भएको छैन ।’

प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । प्रतिनिसभामा लोसपाका चारजना सांसद रहेका छन् ।

  • २६ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !