संसद् विघटनकाे अधिकार प्रधानमन्त्रीमा छैन : माधव नेपाल

आजभोलि

काठमाडौं। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनकाे अधिकार प्रधानमन्त्रीमा नरहेकाे बताएका छन् । मंगलबार संसदमा सम्बाेधन गर्ने क्रममा उनले यस्ताे बताएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले स‌ंसद् विघटन गर्ने अभिव्यक्ति गठबन्धन हाे भन्दै प्रश्न गरेका उनले यसलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । प्रधानमन्त्रीले संसद्र विघटन गर्न नपाइने भन्दै उनले संसद विघटन गर्ने अधिकार नरहेकाले यस्ता गाेलचक्करमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

नेता नेपालले अधिकार माग्नेप्रति मात्र होइन कर्तव्यप्रति जिम्मेवार बन्नुपर्ने बताए । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले अधिकार माग्ने मात्र होइन कर्तव्य निर्वाहमा  जिम्मेवार हुनेप्रति ध्यान जानुपर्ने बताए ।

बजेट कनिका छरेर देश समृद्धि नहुने भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताए । देशको सबै धर्म, संस्कृति र भाषालाई जोगाउनुपर्ने बताउँदै अध्यक्ष नेपालले देशको अर्थतन्त्रको आधार रहेको कृषि क्षेत्रको विकास गर्नुपर्ने बताए । देशको अर्थतन्त्रको आधारशीला रहेका पर्यटन र जलविद्युतको क्षेत्रको विषयलाई सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले स‌ंसद् विघटन गर्ने अभिव्यक्ति गठबन्धन हाे भन्दै प्रश्न गरेका उनले यसलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने भन्दै उनले संसद विघटन गर्ने अधिकार नरहेकाले यस्ता गाेलचक्करमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए । उनले भ्रष्टाचारकाे विकेन्द्रीकरण भएकाे बताए । पालिका पालिकामा कराेडाैंका मालिक जन्मेकाे उनले दाबी गरे ।

 

  • २६ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !