कांग्रेससँग राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति भएको छैन : प्रधानमन्त्री

आजभोलि

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभामार्फत् विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको बताएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेका थिए । यसपछि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । जसकारण प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीच शक्ति बाँडफाँटका विषयमा सहमति भएको हो कि भन्ने आशंका उब्जिएका बेला प्रधानमन्त्री प्रचण्डले कुनै पनि सहमति नभएको प्रतिक्रिया दिएका हुन् ।

२६८ सा‌ंसदकाे समर्थनसहित प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत पाएका छन् ।

  • २६ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !