गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले भने : प्रदेश त माइलो छोरो जस्तो भयो

आजभोलि

पोखरा । गण्डकीका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तराष्ट्रिय उडान गर्न प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको भोलिपल्टै उनी काठमाडौं उडेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेतासँग भेट गर्न उनी काठमाडौं गएका हुन् ।

त्यसअघि पोखराको १२औं नगरसभालाई सम्बोधन गर्दै अधिकारीले अन्तराष्ट्रिय उडानका लागि प्रधानमन्त्रीसँग कुरा राख्ने बताएका हुन् । ‘अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको अनुमति लिन पहल गर्छौं । कनेक्टिभिटीका लागि यो अत्यावश्यक छ’, उनले भने, ‘बडो उल्लासका साथ विमानस्थलको उद्घाटन गर्‍यौं । अब नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ ।’

पर्यटन, जलश्रोत र शिक्षालाई विकास गर्न प्रदेशले सुझाव चाहेको अधिकारीले बताए । संघ सरकारले तल्ला सरकारलाई अधिकार दिने कुरामा आनाकानी गरिरहेको उनको तर्क छ । ‘प्रदेश त माइलो छोरो भयो । कान्छो छोरो स्थानीय तह, जेठो छोरो माथि छँदै छ । पितृ उद्धार कार्य गर्दा माइलो छोरोलाई खासै ठूलो भार पारिँदैन,’ उनले भने, ‘त्यही मनोविज्ञान पनि हुन सक्छ । केन्द्रमा रहँदा केन्द्रकै कुरा ठूलो हुन्छ । अधिकार तल जाने कुरामा खासै उदार छैन ।’

उनले केही कानून केन्द्रले नबनाएका कारण प्रदेश सन्चालनमा समस्या भएको बताएका छन् । निजामति कर्मचारी ऐन नबनेका कारण प्रदेशमा कर्मचारी समायोजन हुन नसकेको उनले बताए ।

अधिकारीले स्थानीय तहसँग सम्बन्धित कानून निर्माणका लागि प्रदेश सरकार तत्पर रहेको र अनिवार्य ऐन निर्माणका लागि सुझाव मागेका छन् । शिक्षा र स्वास्थ्यको धेरै दायित्व स्थानीय तहसँग भएकोले जिम्मेवार भएर काम गर्न सरकारलाई आग्रह गरे ।

  • २६ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !