सरकारले समितिको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्ने

आजभोलि

काठमाडौँ । सङ्घीय संसदरअन्तर्गत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ सम्म भएका निर्णय÷निर्देशनहरूको सरकारले कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन एक महिनाभित्र तयार गर्न सांसद महेशकुमार महराको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज बसेको बैठकले बनाएको उक्त समितिमा सदस्यहरू नन्दा चपाई र शारदादेवी भट्ट छन् ।

समितिको बैठक एवं काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा समितिका सभापति पन्थको संयोजकत्वमा परामर्श तथा सुझाव कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ । उक्त कार्यदलमा सदस्यहरू कमला पन्त, जगप्रसाद शर्मा, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे र सिंहबहादुर विश्वकर्मा रहेका छन् ।

समितिका सभापति पन्थले समितिले गत आर्थिक वर्षका गरेका निर्णय निर्देशनको कार्यान्वयनको अवस्थासम्बन्धी प्रतिवेदन एकमहिनाभित्र तयार गरेर बुझाउन उपसमिति गठन गर्ने र बैठकका कामकारबाही प्रभावकारी बनाउन कार्यदल बनाउने निर्णय गरेको बताए।

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !