परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गरिनुपर्ने

आजभोलि

काठमाडौँ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

समितिले आज सिंहदरबारमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई बैठकमा डाकेर नीति पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो । बैठकमा समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले नीति कार्यान्वयनमा आएका अवरोध नहुन् भनी मन्त्रालयसँग छलफल गरिएको जानकारी दिए।

बैठकमा सांसदहरू जगतबहादुर कार्की, दीपा गुरुङ, जयन्तीदेवी राई, शेखरकुमार सिंह, रामचन्द्र राई, गोपीबहादुर सार्की आछामी, सोनाम गेल्जेन शेर्पालगायतले व्यापार कूटनीति कमजोर रहेको, पहाडी जिल्लामा इलाका प्रशासन कार्यालयबाटै राहदानी दिने व्यवस्था गर्नुपर्ने, भारतले आफ्नो लगानीको विद्युत् मात्र किन्ने समस्या समाधान गर्नुपर्ने, म्यानमारको सैनिक सरकारलाई राष्ट्रपति शुभकामना नपठाई त्यहाँको सरकारी पत्रिकामा छापिएकोलगायत विषयका बारेमा प्रष्ट पारिनुपर्ने बताएका थिए ।

बैठकमा मन्त्रालयका सचिव पौडेलले स्वदेशमा ९४ स्थान र विदेशमा ३८ स्थानबाट राहदानी वितरण एवं नवीकरणका काम भइरहेको जानकारी दिए । उनले म्यानमारको सरकारी पत्रिकामा राष्ट्रपतिको शुभकामना छापिएका विषयमा बुझ्ने काम भइरहेको जानकारी दिए। नेपालको अलैँची, चिया र कफीको विदेशमा पनि बजार रहेकाले त्यसलाई प्रवर्द्धन गरिनुपर्ने उनको भनाइ थियो ।

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !