गण्डकीमा शनिबार सभामुखको निर्वाचन हुने

आजभोलि

पोखरा । गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । १८ गते गण्डकीमा पहिलो बैठक बसेको थियो ।

त्यसैले बढीमा माघ २ गतेभित्र सभामुख निर्वाचित भैसक्नुपर्छ । विहिबार सर्वदलीय बैठक बसेर ३० गते नै सभामुखको निर्वाचन गर्ने र २ गते उपसभामुखको निर्वाचन हुने निर्णय गरिएको हो ।

सत्तारुढ दलको शीर्ष निर्णय अनुसार गण्डकीमा माओवादीले पाँचै वर्ष सभामुख पाउने छ भने उपसभामुख एमालेको भागमा परेको छ । माओवादीले कृष्ण धिताललाई सभामुखमा अघि सारेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेद्वार उठाउने वा नउठाउने निर्णय गरिसकेको छैन । दलको बैठक शुक्रबार बसेर यसबारे निर्णय लिने संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !