श्रीलंकाविरुद्ध भारतलाई शृंखला

आजभोलि

काठमाडौं । भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

बिहीबार राति भारतले कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ४ विकेटले हराएको छ । यस जितसँगै भारतले तीन खेलको श्रृंखलामा २–०को अग्रता लिएको हो । पहिलो खेलमा भारत ६७ रनले विजयी भएको थियो । श्रृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

श्रीलंकाले प्रस्तुत गरेको दुई सय १६ रनको लक्ष्य भारतले ४३.२ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।  भारतका लागि केएल राहुलले अविजित सर्वाधिक ६४ रन जोडे । यसैगरी हार्दिक पाण्ड्यले ३६, श्रेयश अय्यरले २८, शुभमन गिल र अक्षर पटेलले समान २१, कप्तान रोहित शर्माले १७ र कुलदीप यादवले  अविजित १० रन बनाए । पाँचौ विकेटका लागि राहुल र हार्दिकले ७५ रनको साझेदारी गरेका थिए ।

श्रीलंकाका लागि लाहिरु कुमारा र चमिका करुणारत्नेले समान दुई तथा कसुन रजिथा र धनन्जय डि सिल्भाले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ  रोजेको श्रीलंका ३९.४ ओभरमा दुई सय १५ रनमा समेटिएको थियो । श्रीलंकका लागि  नुवानिन्दु फर्नान्डोले सर्वाधिक ५० रन जोडे । यसैगरी कुशल मेन्डिसले ३४, दुनिथ वेलेगाले ३२, वानिन्दु हसरंगाले २१, अभिस्का फर्नान्डोले २०, चमिका करुणारत्ने र कासुन रजिथाले समान १७ तथा चरिथ अस्लंकाले १५ रन जोडे ।

दोस्रो विकेटका लागि नुवानिन्दु र कुशलले ७३ रनको साझेदारी गरेका थिए । भारतका लागि मोहम्मद सिराज र कुलदीप यादवले समान तीन,उम्रन मलिकले दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !