प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत

आजभोलि

विराटनगर । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा प्रदेश १ ले र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् । इटहरीमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको जित निकालेको हो । मधेस प्रदेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश १ ले ११ दशमलव ४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।

प्रदेश १ को जितमा काजल श्रेष्ठ र रुविना क्षेत्रीको ओपनिंग जोडीले जीतको बलियो आधार तयार पारेका थिए ।  काजलले ४२ बलमा ४ चौकाको मद्दतले २४ रन बनाउँदा रुविनाले २७ बलमा २ चौकाको मद्दतले २१ रनको नकआउट पारि खेलिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेस प्रदेशले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ४९ रन बनायो । मधेसलाई समेट्न प्लेयर अफ द म्याच सबनम राईले ४ विकेट लिइन् ।  रुविना  क्षेत्री र निशा शाहले दुई दुई विकेट लिँदा ज्योति दनुवार र एलिसा खडियाले एक एक विकेट लिइन् । मधेसका लागि सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने ५ खेलाडीले डग आउट भए ।

आजै भएको दोस्रो खेलमा युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३३ रनले हराएको छ । टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । सुदूरकी कविता कुँवरले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेलिन । यस्तै ऋतु कनोजिया २१ बलमा ४ चौका सहित २७ रनमा अविजित रहिन् ।

कप्तान विन्दु रावल र सम्झना खड्काले १०–१० रन बनाए । रुबी पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए । बागमतीकी अश्मिना कर्माचार्यले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन । यशु पाण्डे, खुसी डंगेला र मनीषा उपाध्याये एक एक विकेट लिए । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनायो । बागमती कन्चन श्रेष्ठ २१ बलमा १ चौका सहित सर्वाधिक १६ रन बनाए ।

ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अश्मिना कर्माचार्य १३ र खुसी डङ्गोलले १४ रन बनाए । सुदूरका ऋतु कनोजियाले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मनीषा उपाध्याये ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।

भोलिको पहिलो खेल नेपाल सशस्त्र प्रहरी बल र गण्डकी प्रदेश बिच हुने छ भने दोस्रो खेल कर्णाली र लुम्बिनी प्रदेश भिड्ने छन् ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !