कर्णाली प्रदेश : सभामुखमा गुरुङ निर्वाचित

आजभोलि

कर्णाली । कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले)की नन्दा गुरुङ निर्वाचित भएकी छिन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ्लाई बहुमतले निर्वाचित गरेको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्टले बैठक सञ्चालन गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को उपनियम ७ को उपनियम ६ बमोजिम मत विभाजन गरे।

प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा उपस्थित ३८ सदस्यमध्ये गुरुङको पक्षमा २४ जनाले मतदान गरेका थिए । उनी समानुपातिकतर्फ सुर्खेतबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

यस्तै सभामुख पदका उम्मेदवार नेपाली कांग्रेसका खड्ग पोखरेलले १४ मत प्राप्त गरेका थिए । एमाले सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङको कर्णालीको इतिहासमा पहिलो महिला सभामुख भएकी छिन् ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !