सुदूरपश्चिममा निजामती कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता

आजभोलि

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) सुदूरपश्चिम प्रदेशले प्रदेशको प्रथम सम्मेलनको पूर्वसन्ध्यामा सकारी कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । एस कम्प्युर्स एण्ड सप्लायर्स धनगढी मुख्य प्रायोजक रहेको प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका पूर्व मन्त्री मानबहादुर धामीले यस्ता खाले शारीरिक व्यायाम हुने खेलकुदले स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्ने बताए । ‘स्वास्थ्य नै धन हो तर धन स्वास्थ्य होइन। एउटा मान्छेले खेलको महत्त्व बुझ्न सकेन भने त्यो मानसिक वा शारीरिक रूपमा अपाङ्ग हुन्छ,’ उनले भने ।

खेलकुद क्षेत्रको विकासले सामाजिमा सम्मृद्धिको आधार तयार पार्ने भएकाले राज्यले खेलकुद विकासका लागि ठोस् नीति र दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका एस कम्प्युटर्स एण्ड सप्लायर्सका सञ्चालक डिल्लीराज भट्टले सकारी कर्मचारीबीचको ब्याडमिन्टन प्रतियोगितालाई मुख्य प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए ।

‘तपाईंहरूको सन्तुष्टि हाम्रो सर्वोच्च प्राथमिकता हो। प्रत्येक क्षेत्रमा प्रतिभाशाली व्यक्ति हुन्छन् । उहाँहरूको प्रतिभा कुनै न कुनै रूपमा बाहिर आउनुपर्छ। सोही उद्देश्यका साथ यो प्रतियोगितालाई हामीले प्रायोजन गरेका हौं,’ उनले भने । यसका साथै उनले आफूहरूको प्रमुख उद्देश्य भनेको प्रत्येक ग्राहकलाई गुणस्तरीय सेवा प्रवाह गर्नु रहेको बताए ।

प्रतियोगितामा जीवन बहादुर खड्का र पवन बहादुर रावल प्रथम महेश भट्ट र मेखराज जैशी  दृतीय भएका थिए । उनीहरूलाई क्रमशः १०, र सात हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ठ खेलाडी शिद्धराज ओझा भएका थिए ।

आइतबार धनगढीस्थित रंगशालामा सम्पन्न प्रतियोगिता नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) सुदूरपश्चिम प्रदेशका इन्चार्ज बलदेव कपाडीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • २ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !