९ अंकले घट्यो सेयर बजार, ४ अर्बभन्दा बढीको कारोबार

आजभोलि

काठमाडौं । सेयर बजारमा बुधबार गिरावट आएकाे छ । आज नेप्से परिसूचकमा ९.०१ अंकले ओरालो लाग्दा २१७३.१० विन्दुमा  रोकिएको छ ।

साथैै, बुधबार २४८ कम्पनीको कारोबार भएको छ । जसमा १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज रिडी पावर कम्पनीकोे सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३५ करोडभन्दा बढीको सेयर बिक्री भएको नेप्सले जनाएकाे छ ।  दोश्रो स्थानमा अपि पावर कम्पनीको १९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर, हिमालय उर्जा विकास र ग्रीन भेन्चर्समा करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ९ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

कुल ८० कम्पनीमा मूल्य उकलो लागेको छ भने १२१ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ ।

आज १३ उपसुचकमध्ये ३ कम्पनीबाहेका सबै उपसुचकमा ओरालो लागेको छ ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !