एल बी बिद्रोहीको टिप्पणी । नेपाली कांग्रेसले प्रतिनिधि सभाको सभामुखको पदको लागि ईश्वरी न्यौपानेको उम्मेद्वारी दर्ता गरेको छ । प्रतिपक्ष दलहरुको सहकार्यमा उसले आज उम्मेद्वारी दर्ता गराएको हो । यस अघि पदाधिकारीको बैठक तथा संसदीय दलको बैठकबाट उम्मेद्वारी दिने निर्णय गरेको थियो । न्यौपानेलाई एकीकृत समाजवादी, लोसपा, जसपा लगायतका दलहरुको समर्थनमा उम्मेद्वार बनाइएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर आलोचनामा आएको कांग्रेस सभामुखको लागि उम्मेद्वारी दिएर गल्ती सच्याउन अग्रसर भएको विज्ञहरुले बताएका छन् । संसदीय व्यवस्थामा संसद प्रतिपक्ष बिहिन हुनु सामान्य मान्न सबिदैन् । आफूलाई संसदीय व्यवस्थाको प्रयाय दाबा गर्ने कांग्रेस प्रतिपक्ष भन्दा पनि सत्तापक्ष बनेपछि उसको आलोचना भएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसको वैचारिक सिद्धान्तमाथि गम्भिर प्रश्न उठेको थियो । र, नियतमाथि शंका गरिएको थियो । निर्वाचनताकाको गठबन्धन जोगाउन नसकेको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सत्ताको लागि संसदीय मूल्य मान्यता भुलेको आरोप उ माथि लागेको थियो । सरकार बनाउन प्रदेशहरुमा पनि कांग्रेसले आफ्नो उम्मेदवारी दाबा गरेन । केन्द्रीय राजनीतिमा प्रभाव पर्ने भन्दै मुख्यमन्त्री तथा प्रदेश सभामुखमा पनि आफ्नो उपस्थिति देखाएन । आफूलाई प्रतिपक्षको रुपमा उभ्यान सकेन ।
राष्ट्रपतिको निर्वाचनलाई मूल लक्ष्य बनाएको कांग्रेसले माओवादीको सहयोगको आपेक्षा गरेको छ । जुन आफैमा सहज भने छैन् । अहिलेको संसदको बनाओटको आधारमा राष्ट्रपतिलाई महत्व दिएको कांग्रेसले अरु सबै भूमिका बिर्सेको देखिन्छ । यदि राष्ट्रपति कांग्रेसले नपाएमा पार्टीभित्र पनि उसले गरेको सबै गल्ती पुष्टि हुने ठाउँ देखिदैन । खासकुरा के भने कांग्रेसले राष्ट्रपति पाए पनि संसदीय पद्धतिमा उसले खेलेको भूमिका माथि प्रश्न उब्जि रहनेछ । र, कांग्रेसको भूमिकालाई पुष्टि गर्ने आधार देखिने छैन ।
कांग्रेस राष्ट्रिय सभाको निर्वाचनसम्म अहिलेको आफ्नो भूमिका प्रभावकारी बनाउन चाहान्छ । र, विपक्षमा भएका दलहरुलाई आफूसँगै राख्न चाहान्छ । जसले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष खड्ग प्रसाद ओलीलाई दबाबमा राख्न सजिलो होस भन्ने चाहान्छ । राष्ट्रपति निर्वाचनमा कांग्रेसले परिणाममुखी नतिजा ल्याउन नसकेमा राष्ट्रिय सभाको निर्वाचन पनि पार्टीका लागि उपलब्धिहिन साबित हुनेछ । जसले पार्टी भित्र र बाहिर लामो समयसम्म प्रभाव पर्ने छ । र, राष्ट्रिय राजनीतिमा समेत प्रभाव पर्नेछ ।
कांग्रेसले न त निर्वाचनताकाको गठबन्धनलाई जोगाउन सक्यो । न त गैर कम्युनिस्ट दलहरुलाई समेट्न सक्यो । वा, न त उसले नेकपा एमालेसँग मात्र भए पनि सत्ता गठबन्धन गर्यो । आफ्नै नेतृत्वमा मात्र सरकार बनाउने जिद्धी निर्णयका कारण कांग्रेस सत्ताको राजनीतिबाट किनारा लाग्यो । सत्ता राजनीतिबाट बाहिरियो । जसले कांग्रेसलाई सत्ता निर्माणमा निरही मात्र बनाएन, आफ्नो भूमिका समेत विर्सन बाध्य तुल्यायो । जुन कांग्रेसको इतिहासकै ठूलो भूल हुन पुग्यो ।
कांग्रेसले गरेको अर्को गल्ति प्रदेशको सरकार निर्माण खेलेको अर्थहिन भूमिका हो । राष्ट्रपति निर्वाचन प्रभावित हुने बहानामा उसले सुदूरपश्चिम, गण्डकी तथा अरु प्रदेशमा सरकार निर्माणमा चासो नै दिएन । सबै भन्दा सजिलो सुदूरपश्चिम प्रदेशमा पनि भूमिका खेल्न सकेन । नागरिक उन्मुक्ति पार्टीलाई समेत व्यवस्थापन गर्न तिर ध्यान दिएन । सुदूरपश्चिम प्रदेशको सभामुखमा कांग्रेसलाई जिताउने प्रशस्त समय र सम्भावना हुँदाहुँदै पनि कांग्रेस मुकदर्शक बनेर बस्यो । भूमिकाहिन बन्न पुग्यो ।
एकाएक सत्ताबाट बाहिरिएको कांग्रेस सत्तामा जान नपाउँदा छटपटिएको छ । उसले आफ्नो भूमिका प्रतिपक्षमा सशक्त देखाउनुको सट्टा कसरी सरकारमा जान सकिन्छ भन्ने बैकल्पिक बाटो खोजिरहेको छ । नेपालको भूराजनीति बुझेको कांग्रेस यो पटक अबुझ जस्तै देखियो । ठूलो पार्टी भएको दम्भ देखाउँदा देखाउँदै कांग्रेसको हातबाट सत्ता फुत्केको थाहा नै पाएन । वा थाहा पाए पनि केही गर्न सकेन ।
अब नेपाली कांग्रेसले आफूलाई प्रतिनिधि सभा तथा प्रदेश सभामा सशक्त प्रतिपक्षको भूमिकामा देखाउन सकेन भने उसले ठूलो राजनीतिक मूल्य चुकाउनु पर्नेछ । उ माथि जनविश्वास अझै घट्ने छ । संसदीय मूल्य र मान्यतामाथि खेलवाड गरेको भन्ने आरोप लागि रहनेछ । यसकारण कांगे्रसले आफूलाई परिमार्जन गर्दै सत्ताका लागि भन्दा पनि संसदीय व्यवस्था बलियो र मजबुद बनाउनका लाथि नेतृत्वादायी भूमिको अगुवाई गर्नुपर्छ । जसले उ माथि लागेका आरोप पुष्टि नहुन ।