काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि साहित्य क्षेत्रको पनि विकास हुने पर्ने बताए । चन्द्रागीरी हिमवत खण्ड कला साहित्य सम्मिलनको समापन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताए ।
प्रधानमन्त्री ओलीले भौतिक विकास सँगै साहित्य, संस्कृति, शिक्षा आदि कुराको विकास भएमा समृद्धि हासिल गर्न सजिलो हुने बताउका छन् । “कुनै एक क्षेत्रको मात्र विकास भएर समृद्धि आउन सकदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “समाजलाई समुन्नत बनाउनका लागि हरेक क्षेत्रको विकास आवश्यक छ ।”
प्रधानमन्त्री ओलीले नेपाल कला,साहित्य र संस्कृतीमा नेपाल उहिले देखि नै अब्बल रहेको बताउनुभयो । यसको निरन्तरताका लागि अहिलेको पुस्ताले यसमा ख्याल गर्नुु पर्ने प्रधानमन्त्रीको तर्क छ ।
प्रधानमन्त्री ओलीले सरकार कला र साहित्यको विकाशका लागि सधैं सकारात्मक भएको बताउनुभएको छ । “वर्तमान सरकार कलाकार र साहित्यकारहरुको साथमा छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।