कर्णाली प्रदेश सरकारलाई कांग्रेसले जोगाउँछ : पूर्वमुख्यमन्त्री शाही

आजभोलि

सुर्खेत। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार ढल्न लागेमा कांग्रेसले जोगाउने बताएका छन् ।

प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत माग्दै गर्दा त्यसको जवाफमा शाहीले अहिले सहयोग गर्न नसकिने, तर सरकार ढल्न लागेमा सहयोग गरेर जोगाउने प्रतिबद्धता व्यक्त गरे ।

‘अहिले सरकारलाई बहुमत ठिक छ, योभन्दा बढी दिएमा फेरि गिलासबाट पानी पोखिएझैँ होला । त्यसैले हामी पानि पोख्न चाहँदैनौँ , अहिले तपार्इहरुसँग नै गिलास भर्ने पानी ठिक छ,’ शाहीले भने, यदि मुख्यमन्त्रीज्यू अल्पमतमा पर्नुभयो भने त्यतिबेला हामी बहुमत बनाउनका लागि ढाल बनेर सहयोग गर्नेछौँ ।’

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री शर्माले आफूलाई विश्वासको मत दिन आग्रह गर्दै कर्णालीको विकासका बारेमा आफ्ना योजना सुनाएका थिए । ती योजनाहरु सुन्दा आफू  ‘कन्फ्युज’ भएको नेता शाहीले टिप्पणी गरे ।

‘म कन्फ्युज भइरहेको छु । मुख्यमन्त्रीले विश्वासको मत माग्दै हुनुहुन्छ वा कुनै नीति कार्यक्रम योजना पढिराख्नु भएको छ,’ शाहीले भने, ‘हप्ता दिनदेखि दुई जना मन्त्री विनाविभागीय राख्नुभएको छ । मन्त्री नियुक्त गर्ने विषयमा केन्द्रको मुख ताक्ने नेताले कसरी आफ्ना योजनाहरु पूरा गर्लान् ?’

आफूलार्इ विश्वासको मत दिन चाहना भए पनि संसदको बसाइ व्यवस्थापनका कारणले पनि विश्वासको मतको विपक्षमा मतदान गर्न बाध्य पारिएको शाहीले बताए । ‘मलाइ विश्वासको मत दिन मन छ । तर, म बस्ने सिट अगाडी विपक्षी दल लेखिएको छ,’ शाहीले भने ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !