सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ : नेता देवेन्द्र पौडेल

आजभोलि

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार र संसद् सँगसँगै लैजानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले सुशासन, आर्थिक अवस्था तथा जनताको जीवनस्तर सुधार गर्न सबै दल एक हुनुपर्ने बताए । पछिल्लो समय मुलुको आर्थिक अवस्था कमजोर बनिरहेको तथ्याङ्कले देखाएको जनाउँदै उनले भने, “पछिल्लो छ महिनामा १५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । पूरै बिग्रिसक्यो भनेर निराश नबनौँ, पूरै सप्रेको पनि छैन, सरकार र संसद्लाईसँगै जोडेर यी विषयको समाधान खोजिनुपर्छ ।”

जनताको दैनिक समस्यालाई समाधान गर्ने दिशामा संसद्लाई लैजानुपर्नेमा जोड दिँदै उनले देशका समस्या समाधान गर्न प्राज्ञिक बहसको आवश्यकता औँल्याए । “सुुशासनको प्रत्याभूति गराउन, छिपछिपे अर्थप्रणालीलाई सुधार गर्न सहमति खोज्नुपर्छ”, उनले भने ।

जनताको घरघरमा लोकतन्त्र पु¥याउनुपर्ने सबैको दायित्व रहेको उनको भनाइ छ । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले भने,“यो सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ, त्यसमा सभामुख र उपसभामुखको भूमिका महत्वपूर्ण छ ।”

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !